Logo

एसियन लाईफले तोक्यो बुक क्लोज मिति, यस्तो छ हकप्रद र बोनसको अफर

एसियन लाईफले तोक्यो बुक क्लोज मिति, यस्तो छ हकप्रद र बोनसको अफर



काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले आफ्नो साधारणसभा र बुक क्लोजको मिति तोकेको छ । कम्पनीको सोमबार भएको संचालक समितिको बैंठकले जे७ १९ गतेका लागि बार्षिक साधारणसभाको मिति तय गरेको हो ।

यसैगरी कम्पनीले बुक क्लोजको मिति पनि तोकेको छ । उक्त बैंठकले जे७ ४ गतेदेखि १८ गतेसम्मलाई बुक क्लोजको मिति तोकेको हो । एसियन लाईफले आफ्ना सेयरधनीलाई ४ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ । यसैगरी कम्पनीले ६० प्रतिशत हकप्रद सेयरको पनि प्रस्ताव गरेको छ । बीमा समितिले निर्देशन बमोजिम चुक्ता पूँजी पुर्याउन हकप्रद घोषणा गरेको कम्पनीले जानकारी दिएको छ ।

यसैगरी कम्पनीको रिक्त रहेको अध्यक्ष पदमा संचालक दिपककुमार श्रेष्ठलाई चयन गरिएको छ । यस्तैगरी संस्थाको संस्थापक सेयरधनी गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ फाइनान्सबाट प्रतिनिधित्व हुनेगरी सो संस्थाको प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठलाई बाँकी अबधिका लागि चयन गरेको कम्पनीद्वारा विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL