काठमाडौं । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ डिलर सुरु गरेको छ । कम्पनीेले आइतबारबाट सिराहा नगरपालिकामा सो नयाँ डिलर सञ्चालनमा ल्याएको हो ।
उक्त क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पुर्ति गर्ने उद्देश्यले यामाहा मोटरसाइकलको डिलरसिप स्थापना गरिएको कम्पनीले जानकारी दिएको छ । शोरुमको उद्घाटन प्रमुख अतिथि तथा सिराहा नगरपालिकाका मेयर अशेश्वर यादवले गरेका हुन ।
कम्पनीका अनुसार डिलरसिप रहेको रमन अटोमोबाइल सेन्टरबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् ।