Logo

महालक्ष्मीको अध्यक्षमा पुन: उपाध्याय नियुक्त, शिवाकोटीले खुवाए सपथ

महालक्ष्मीको अध्यक्षमा पुन: उपाध्याय नियुक्त, शिवाकोटीले खुवाए सपथ



काठमाडौं । महालक्ष्मी विकास बैंकको अध्यक्षमा राजेश उपाध्याय नियुक्त भएको छ । उपाध्यक्ष बैंकको अध्यक्षमा पुनः नियुक्त भएका हुन् ।

नवनियुक्त अध्यक्ष उपाध्यायलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीज्ले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

महालक्ष्मी विकास बैंकको १६औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्न राजेश उपाध्याय, संजय गिरी र राजेश कुमार रौनियारलाई चयन गरेको थियो । यसैगरी सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्न राहुल अग्रवाल, श्यामसुन्दर रुङ्गटा र रुपेन्द्र पौडेललाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्