Logo

हिरोको नयाँ स्कुटर र मोटरसाइकल नेपाली बजारमा, मूल्य १ लाख ९३ हजारसम्म

हिरोको नयाँ स्कुटर र मोटरसाइकल नेपाली बजारमा, मूल्य १ लाख ९३ हजारसम्म



काठमाडौं । हिरो मोटरसाइकलको आधिकारीक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रालीले हिरो कम्पनीका नयाँ स्कुटर र मोटरसाइकल सार्वनजनिक गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमका बीच हिरोको ग्ल्यामर एसभि मोटरसाइकल र डुएट स्कुटर सार्वजनिक गरेको हो ।
कम्पनीका अध्यक्ष अभिक ज्योतीले मुख्यगरी काठमाडौंका लागि अनुकुल रहेको ग्ल्यामर एसभिमा प्रयोग गरिएको आइथ्रिएस प्रविधिले युवा पुस्तालाई आकर्षित गर्ने बताए ।

१ सय २५ सिसिको सो मोटरसाइकल ३ ओटा छुट्टाछुट्टै रङ्गमा उपलब्ध रहेको छ । ट्युवलेस टायर सहितको सो मोटरसाइकलको आइथ्रिएस प्रविधिले माइलेजका साथै फ्युल पनि बचत गर्ने कम्पनीले जानकारी दिएको छ ।hero duet  scooter

साथै कम्पनीले सार्वजनिक गरेको स्कुटर डुएटमा एक्स्ट्रा पावर डेलिभरी, एडभान्स इन्जिनलगायतका विशेषता रहेका छन । सो स्कुटरमा डिक्कीमै मोवाइल चार्ज गर्न मिल्ने सुविधा रहेको छ । कम्पनीका अनुसार ग्ल्यामर एसभि मोटरसाइकलको मूल्य १ लाख ९३ हजार र डुएट स्कुटरको मूल्य १ लाख ७९ हजार ५ सय तोकिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL