Logo

आईएमई जनरल र स्टार हस्पिटलबीच सम्झौता, बीमालेखबाटै नगद रहित उपचार सेवा

आईएमई जनरल र स्टार हस्पिटलबीच सम्झौता, बीमालेखबाटै नगद रहित उपचार सेवा



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र स्टार हस्पिटलबीच सम्झौता भएको छ । बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले उक्त बीमालेखको सीमासम्म स्टार हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त गर्न सक्नेछन् ।

सो सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापा र स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरेका हुन् । सो अवसरमा स्टार हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने बताए ।

साथै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुनानले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

प्रतिक्रिया दिनुहोस्