काठमाडौं । मोवाईल ब्राण्ड सामसुङले आफ्नो नयाँ सिरीजको फोन ग्यालेक्सी जे ७ डुओ नेपाली बजारमा भीत्र्याएको छ ।
कम्पनीले अप्रिल ३० देखि नेपाली बजारमा उपलब्ध हुने गरी सो फोन नेपाली बजारमा भित्र्याएको हो ।उक्त फोनमा रियर क्यामरा १३ मेगापिक्सेल देखि ५ मेगापिक्सलसम्ममा सेटप गर्न सकिने सुविधा रहेको छ ।
यसका साथै सो फोनको फ्रन्ट क्यामरा ८ मेगापिक्सेलको रहेको छ ।फोनमा ४ जिबि ¥याम तथा ३२ जिबि रोम रहेको छ । जसलाइ माईक्रो एसडि कार्डको प्रयोग गरी २५६ जिबिसम्म बढाउन सकिने कम्पनीले जानकारी दिएको छ ।
५ दशमलव ५ इन्जको एच डि सुपर डिस्प्ले रहेको सो फोनको नेपाली बजार मूल्य २८ हजार ९ सय ९० रहेको छ ।