काठमाडौं । जिओ अटोमोबाईल्सले अल न्यु फोर्ड फ्रीस्टाइल सियूभि सार्वजनिक गरेको छ ।कम्पनीले मंगलबार एक कार्यक्रम गरी ललितपुरको लबिम मलमा उक्त गाडी सार्वजनिक गरेको हो ।
सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक आकाश गोल्छाले सो गाडीमा नेपालीहरुका लागि समय सुहाउँदो विशेषताहरु रहेको बताएका छन । यसका साथै गाडीमा ९६ पिएस पावर दिने ईन्जीन १ सय ९० एमएमको ग्राउन्ड क्लियरेन्स, ६ ओटा एयरव्याग लगायतका विशेषताहरु रहेका छन ।
उक्त गाडीलाइ मे १ देखि मे ३ सम्म प्रदर्शनमा राखिने कम्पनीले जानकारी दिएको छ ।३ दिनसम्म चल्ने उक्त प्रदर्शनिमा गाडी बुक गरेका ग्राहकले २५ हजार रुपैंया सम्मको फ्री सपिङ गर्न पाउने जारी बिज्ञप्तीमा उल्लेख छ ।