Logo

सुनको मुल्य ११ सयले घट्यो, चाँदीको मुल्यमा पनि गिरावट

सुनको मुल्य ११ सयले घट्यो, चाँदीको मुल्यमा पनि गिरावट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ फागुन, काठमाडौं । स्थानीय बजारमा सुनको भाउ उच्च रुपमा घटेको छ ।

आइतबार स्थानीय बजारमा सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ५१ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर प्रतितोला ५० हजार ५ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आइतबार चाँदीको मुल्यमा पनि घटेको छ । आइबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । स्थानीय बजारमा चाँदीको मुल्य घटेर प्रतितोला ६ सय ८० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्