काठमाडौं । अर्ना वियरले आफ्नो बार्षिक कार्यक्रम ‘फेरी उठ्ने छ नेपाल’ सम्पन्न गरेको छ । वियरले शनिबार काभ्रेको बनेपामा सांगीतिक प्रस्तुतीका साथ उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
अर्नाले सकारात्मक प्रभाव पार्ने उद्देश्य सहित ‘फेरि उठ्नेछ नेपाल’ देशको बिभिन्न स्थानहरुमा सञ्चालन गर्दै बनेपा सम्म आईपुगेको हो ।
जावलाखेलमा नेपथ्यको लाइभ सहित सन् २०१६ बाट सुरु भएको सांगीतिक यात्रा बनेपामा शनिबार सुरु भएको हो ।
ब्यान्डले सन् २०१८ मे महिनाको दोस्रो हप्तामा आफ्नो एल्बल प्रस्तुत गर्ने छ र अर्ना फेरि उठ्ने छ नेपालका नाममा म्युजिक भिडियो अप्रिल महिनाको पहिलो हप्ता प्रस्तुत गरिने प्रोजेक्ट वान व्यान्डले जानकारी दिएको छ ।
अर्नाले यस इभेन्टद्वारा एकताको महत्वलाई आत्मसाथ गर्दै सकारात्मक सन्देश नेपाली जनतामाझ फैलाउने विश्वास लिएको छ ।