काठमाडौं । मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष निरौलालाई नै निरन्तरता दिएको छ ।
कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो । कम्पनीको १५१ औं बैंठकले निरौलालाई थप ४ बर्षका लागि निरन्तरता दिएको हो ।
निरौलाले यही वैशाख २२ गतेदेखि थप ४ बर्षका लागि मञ्जुश्रीको कमाण्ड सम्हाल्नेछन् ।