Logo

श्वेतपत्र माथी सेयर लगानीकर्ताको टिप्पणी, भन्छन्, ‘कालो अक्षर बाहेक अरु केही भेटिएन’

श्वेतपत्र माथी सेयर लगानीकर्ताको टिप्पणी, भन्छन्, ‘कालो अक्षर बाहेक अरु केही भेटिएन’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गत हप्तासम्म सरकारले ल्याउने श्वेतपत्रले सेयर बजारलाई सम्बोधन गर्ने भन्दै हौसिएका लगानीकर्ता अन्नत निरास भएका छन् । पूँजी बजार सुधारका लागि श्वेतपत्रले कुनै टुल्स नल्याएपछि उनीहरु निरास भएका हुन् ।

गत हप्ता केही लगानीकर्ताले श्वेतपत्रले सेयर बजारलाई सम्बोधन गर्ने र तत्काल बजार उकालो लाग्ने हल्ला फैल्याएपनि कुनै कुराको सम्बोधन भएन । श्वेतपत्र जारी गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले अपारदर्शिता र लगानीकर्तामा ज्ञानको कमीले गर्दा बजारमा उच्च उतारचढाव आएको जानकारी दिएपछि लगानीकर्ताहरु झन् निरास भएका हुन । तर, जुन कुरा अहिलेको बजारको वास्तविकता भएको एक विश्लेषकले जानकारी दिए ।

सेयर लगानीकर्ता सम्बन्धी विभिन्न संघसंस्थाले श्वेतपत्रले सेयर बजारको मर्म बुझेको भन्दै सकारात्मक टिप्पणी दिएपनि वास्तविक लगानीकर्ताका लागि ‘सेतो कागजमा कालो अक्षर’ बाहेक केही नभएको ती सेयर विश्लेषकले बताए । ‘श्वेतपत्रमा सेयर बजारमा प्राथमिक सेयर र हकप्रद सेयरका कारण फ्लो बढेको, लगानीकर्तामा ज्ञानको कमी भएको, अपारदर्शी कारोबार भएकोजस्ता कारणले बजार घटेको उल्लेख गरिएको छ,’ ती विश्लेषकले भने, ‘यो भन्नुको अर्थ बजार एकदमै संकटपूर्ण अवस्थामा छ कुनै पनि बेला समस्यामा आउँछ सुधार गर्नुको विकल्प छैन भनिएको हो ।’

श्वेतपत्रमा पछिल्लो समय सेयर बजारमा इन्साइडर ड्रेडिङ (अपारदर्शी कारोबार) बढेको भन्दै सम्बद्ध नियामक निकाले पनि त्यसलाई चासो देखाएको थियो । सोही अनुरुप श्वेतपत्रले पनि पूँजी बजार पारदर्शी हुन नसक्नु नै दैनिक उच्च रुपमा घटवढ हुनुको मुख्य कारण रहेको औल्याएको छ । यसैगरी बढ्दो ब्याजदर र बजारमा आउने सेयरको बढ्दो चापका कारण सेयर बजार बढ्न नसक्ने निष्कर्ष श्वेतपत्रले निकालेको छ ।

यस अघि श्वेतपत्रमा जुन आशा गरिएका पनि त्यसले लगानीकर्तालाई कुनै हौसला प्रदान नगरेको एक लगानीकर्ताले बताए । ‘श्वेतपत्र आएपछि पनि सेयर बजारसम्बन्धी लगानीकर्ता संघसंस्थाले बजारलाई सम्बोधन गरेको भन्दै हल्ला फैलाएका छन्,’ ती लगानीकर्ताले भने, ‘तर, हामीले सेयर बजारको सम्बन्धमा कालो अक्षर बाहेक केही पनि पाएनौं ।’ यसो भन्नु भनेको केही ठूला लगानीकर्ताले धमिलो पानीमा माछा मार्न खोज्नु बाहेक अरु केही पनि नभएको ती लगानीकर्ताको दाबी थियो ।

अघिल्लो हप्ता सिमित लगानीकर्ताले श्वेतपत्रको हवला दिएर सेयर बजारमा चलखेल गरेपनि आज (आईतबार) बजार खुलेदेखि नै घट्न सुरु गरेको छ

प्रतिक्रिया दिनुहोस्
MBL