काठमाडौं । अटोमोवाइल कम्पनी फोर्डको (फोर्ड मुस्ताङ) नेपाली बजारमा आएको छ । नेपालका लागि अधिकृत विक्रेता जीओ अटोमोवाइल्सले सो गाडिको विक्री सुरु गरेको हो ।
शुक्रबार एक कार्यक्रमका बीच नाडा अटो शो २०१७ को प्रदर्शनमा राखिएको उक्त कारलाइ नेपालका लागि अमेरीकी राजदुत अलाइबा बी टेप्लिजले विक्री सुरु गरेकी हुन ।
ट्युवलेस टायरका साथै एयरब्याग, अटो अनअफ हेडलाइट लगायतका सुविधा रहेको उक्त कारको नेपाली बजार मूल्य १ करोड ६९ लाख रहेको कम्पनीले जानकारी दिएको छ ।