काठमाडौं । श्वेतपत्रको हल्लासँगै मंगलबारदेखि बृद्धि पच्छाएको नेप्से परिसुचकमा बिहीबार पनि दोहोरो अंकको बृद्धि भएको छ । बिहीबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक दिनभर घटवढ हुँदै अन्तमा १५ दशमलव ४८ अंक बढेको छ ।
केही लगानीकर्ताले श्वेतपत्रले सेयर बजारमा संबोधन गर्ने भन्दै बजारमा अनावश्यक हल्ला फैलाएको एक लगानीकर्ताले बताए । सोही अनुरुप बजारमा अतिरिक्त र व्यापार बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक बढेको छ । बीमा समुहको परिसुचक ६६ अंकले बढ्दा बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक १६ अंकले उकालो लाग्न पुगेको छ ।
यसैगरी बजारमा लघुत्तिव समुहको परिसुचक २० अंकले बढ्न पुगेको छ । यस्तै विकास बैंक समुह २० दशमलव ४५, जलविद्युत ४१ अंक, फाइनान्स समुहको परिसुचकले ६ अंकको बृद्धि समातेको छ ।
बिहीबार परिसुचक बढेपनि कोरोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ५१ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३८ करोड रुपैयाँमा खम्चिएको छ । बजारमा १ सय ६४ कम्पनीको १४ लाख २७ हजार कित्ता सेयर खरिदबिक्री भए ।