Logo

सेयर बजारमा श्वेतपत्रको ‘रियुमर’, रेन्ज खुलाएर बिक्री गर्दै ठूला लगानीकर्ता

सेयर बजारमा श्वेतपत्रको ‘रियुमर’, रेन्ज खुलाएर बिक्री गर्दै ठूला लगानीकर्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लगातार ओरालो लागेको सेयर बजारमा मंगलबारदेखि सरकारले ल्याउन लागेको श्वेतपत्रको ‘रियुमर’ फैलाउँदै सामान्य बढाइएको छ । श्वेतपत्रले नीतिगत रुपमा सेयर बजारलाई नसमेट्ने भएपनि केही लगानीकर्ताले भने त्यसैलाई आधार बनाएर बजार बृद्धि गर्न थालेका छन् ।
अबको केही समयभित्रै सरकारको नीति तथा कार्यक्रम आउने भएकाले अहिले आउने श्वेतपत्रले सेयर बजारमा प्रभाव पार्ने खालको कुनै त्यस्ता खालका नयाँ नीति अबलम्बन नगर्ने अर्थमन्त्रीका आर्थिक सल्लाहबार रामशरण खरेलले जानकारी दिए । ‘श्वेत पत्रले पूँजी बजारलाई केही सम्बोधन गर्न सक्ला तर नीतिगत रुपमा कुनै त्यस्तो नयाँ व्यवस्था गर्दैन,’ उनले भने ।

तर बजारमा भने श्वेतपत्रको हल्लाकै भरमा उच्च रुपमा उतरचढान आएको छ । मंगलबार बजारमा करिव ७ प्रतिशतभन्दा बढीको उतरचढाव आयो । बुधबार पनि बजार खुलेको केही समय उच्च रुपमा बढेको नेप्से परिसुचक त्यसको केही समयमा नै उच्च गिरावट आयो । बजार उच्च रुपमा बढाएर लगानीकर्ता तान्ने अनि बजारमा सेयरको बिक्री चाप सिर्जन गरी घटाउने खेल सुरु भएको छ ।

बजारमा नयाँ लगानीकर्ता आकर्षित गर्न ठूला लगानीकर्ताहरुले ‘रेन्ज’ खुलाएर भएपनि सेयर बिक्री गर्न थालेका छन् । बजारको सामान्य सिद्धान्त अनुरुप लगानीकर्ताहरु कति मूल्यमा मागमा बस्छन् सोही अनुरुप बिक्री गर्नका लागि पनि ठूला लगानीकर्ताहरुले रेञ्ज खुलाएर बिक्री गर्न ब्रोकरलाई आग्रह गर्दै आएका छन् । त्यसरी रेन्ज खुलाएर सेयर बिक्री गर्न १०/२० कित्ता सेयरको कारोबार हुने गरेको छ ।

आज बजारमा ठूला लगानीकर्ताले रेञ्ज खुलाएर भएपनि सेयर बिक्री गर्न दवाव दिइरहेको एक ब्रोकरले जानकारी दिए । ‘सामान्यतय बजारमा भइरहेको मूल्यको २ प्रतिशत रकम तलमाथी गरेर सेयर बिक्रीमा राख्न पाईन्छ,’ ती ब्रोकरले भने, ‘अहिले ठूला लगानीकर्ताले खरिदकर्ताको माग अनुरुप पहिला १० कित्तामा रेन्जखुलाएर खरिदकर्ताको माग अनुरुप सेयर बिक्री गर्दै आएका छन् । सोही अनुरुप बजार खुलेको १० मिनेटमो १ करोड रुपैयाँको कारोबार नहुँदै १४ अंकले बढेको सेयर त्यस लगत्तै करिब २० अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL