Logo

सेलेरियो टेस्ट राइडको ३ महिना पुरा, एक जनाले पाए १ लाख क्यासब्याक

सेलेरियो टेस्ट राइडको ३ महिना पुरा, एक जनाले पाए १ लाख क्यासब्याक


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । सुजुकी सेलेरियो टेस्ट राइड अभियानको ३ महिना पूरा भएको छ ।

सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियोकोे टेस्ट राइड अभियान सञ्चालन गर्दै आएको थियो ।

कावासोती, हेटौँडा, बीरगञ्ज, जनकपुर, बिर्मामोड, बुटवल, भैरहवा, जीतपुर र दाङमा टेस्ट राइड कार्यक्रम सम्पन्न गर्दै सो अभियानको तेस्रो महिना पूरा भएको हो ।

सेल्स, मार्केटिङ र स्ट्रेटजीका डीजीएम सिराज पन्तको अनुसार, ‘हालसम्म प्राप्त भएको प्रतिक्रियासँग विश्वस्त छौँ  र अभियानको दोस्रो चरणमा पनि जारी राख्ने छौँ उनले भने ।’

कम्पनीको अनुसार, तेस्रो महिनामा ५१७ टेस्ट राइड सञ्चालन भएको र ग्राहकको उत्साह सकारात्मक रहेको बिज्ञप्तीमा उल्लेख छ ।

सेलेरियो “द पर्फेक्ट फेमिली कार” को गत पुस महिनामा टेस्ट राइड अभियानसँगै प्रारम्भ भएको थियो जसमार्फत एक भाग्यशाली ग्राहकले रु १ लाखको क्यासब्याक प्राप्त गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्