बिजखबर संवाददाता
१८ फागुन,काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला ३ सयले बढेर ५२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आइतवार सुन प्रतितोला ५१ हजार ७ सयमा किनबेच भएको थियो । सुनको मूल्य विगत केही दिनदेखि स्थिर रहेको थियो ।
त्यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला ७ सय ५ रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो ।