काठमाडौं । कोकाकोला नेपालले विश्वकप फुटबलको अबसर पारेर नयाँ अभियान सुरु गरेको छ । कम्पनीले खेल्ने होइन त? नामको अभियान शुरु गरेको हो ।
यस अभियानमा मानिसहरुलाई फुटवल खेल्न आह्रवान गर्ने तथा ‘कोक खाम् रसिया जाम’ भन्ने क्याम्पेनको बारेमा जानकारी दिइने कम्पनीले जानकारी दिएको छ ।
विश्वकप नजिकिएसँगै हरेक चोक चोकमा युवाहरु फुटवलको गफमा रमाउन कोकाकोलाले यस अभियानलाई सबै ठाँउमा पुर्याउने उद्देश्यले विशेष भ्यानको सहायताले हरेक चोक चोकमा पुगेर युवाहरुलाई खोलाउँदै आएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्र सिमित नभई , यो अभियान नेपाल भरिको ३० वटा शाहरमा जाँदै छ ।
यसरी खेल सम्पन्न भएपछि बिजेताले कोक लोगो अंकित बिभिन्न विशेष उपहार समेत प्रदान गरिने बताइएको छ ।
कोकाकोलाले विश्व कपको माहोल बनाउँन र युवाहरुको मनोरञ्जनका लागि यो अभियान संचालन गरेको जानकारी दिएको छ । नजिकिदो विश्वकपलाई प्रत्यक्ष हेर्न अबसर जुराउदै गरेको कोका(कोलाले रसियामा हुने विश्वकप हेर्न ४० जनालाई लाने घोषणा गरेको छ ।
साथै करिब १२ हजार ५ सय जनाले पुरै क्याम्पेनमा बिजेता बन्ने मौका पाउने छन् । जसमा फिफा लोगो अंकित विशेष उपहार दैनिक २ सय जनाले पाउने छ । ‘खेल्ने होइन त ?’ अभियान देशको ३० शहरी तथा २० भन्द बढी ग्रामिण भेगहरु सबै ठाउँमा पुग्ने छ ।