Logo

११औं संस्करणको एचआर मिट हुँदै, रोजगारीको अवसर तथा सिपको कमीबारे छलफल

११औं संस्करणको एचआर मिट हुँदै, रोजगारीको अवसर तथा सिपको कमीबारे छलफल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ११ औं संस्करणको मानव संसाधन भेला (एचआर मिट) आगामी चैत ५ गतेदेखि हुने भएको छ । मानव संसाधन पुजीलाई विकसित गर्ने तथा सशक्तीकरण गर्ने लक्ष्य सहित ग्रोथ सेलर्सले उक्त भेलाको आयोजना गर्ने भएको हो ।

‘मानव संसाधनले परिवर्तन ल्याउन सक्छ, मानव संसाधनले हाक्न सक्छ’ मूख्य नारा रहेको भेला २ दिनसम्म चल्ने छ ।

सो भेलामा मानव संसाधन प्रबन्ध निर्देशक डाक्टर तनाया मिश्र र एसियन पेन्ट्स प्रालि, भारतका पूर्व मानव संसाधन प्रमुख एन् एस् आइयर प्रमुख वक्ताका रुपमा रहने छन् । उनीहरुले रुपरेखा सोच्ने तरिका तथा कर्मचारी संलग्नता विषयमा प्रस्तुती दिनेछन ।

२५० जना भन्दा बढि मानव संसाधन पेशाकर्मी लक्षित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतहरू तथा मानव संसाधन विज्ञहरूको प्यानल छलफल, प्यानल अन्तरवार्ता र तनाव व्यवस्थापन तथा काम र जीवनमा सन्तुलन सम्बन्धी छलफलहरु रहनेछन ।

यसैगरी सम्मेलनले कार्यकारी अधिकृतहरू तथा मानव संसाधन विज्ञहरूबीच ‘रोजगारीको अवसर र सीपमा कमी’ का विषयमा प्यानल छलफल चलाउने छ । यसका साथै भेलामा कार्यस्थलमा लैंगिकताको सामना विषयक गोष्ठि पनि रहने आयोजकको भनाइ छ ।

सो भेलामा मानव संसाधन आयोजक समितिका अध्यक्ष तथा ग्रोथ सेलर्स प्रालिका प्रबन्ध निर्देशक मोहन ओझाले विभिन्न संस्थाहरूमा १५ सय भन्दा बढि मानव संसाधन पेशाकर्मीहरू कार्यरत रहेको बताए । यसका साथै उनले हामी अझै विकासकै चरणमा रहेको र व्यवस्थापनले मानव शक्तिको महत्वका बारे बुझ्नु आवश्यक रहेको जानकारी दिए ।

गत बर्षको भेलामा विभिन्न क्षेत्रका २६० जतिको सहभागिता रहेको थियो । साथै यस संस्करणका लागि पनि सो बराबरकै सहभागीता रहने अपेक्षा आयोजकले राखेको छ । भेलामा इच्छुक मानव संसाधन र गैर मानव संसाधन पेशाकर्मीहरूले भाग लिन सक्नेछन् ।

साथै सम्मेलनमा सहभागीहरूलाई सम्बन्ध विस्तार गर्ने अवसर, अनुभवी वक्ताहरूको ज्ञानको साक्षात्कार, रोचक तथ्यहरूको प्रस्तुति र सहभागीताको प्रमाणपत्रलगायत सुविधा रहेका छन ।

त्यसैगरी आयोजकले आर्थिक पत्रकार समाज (सेजन)का सदस्यहरूका विकासका लागि आफ्नो वार्षिक प्रतिवद्धता अनुरूप मानव संसाधन भेलाको शुल्कबाट छुट्याइएको २५ हजार आर्थिक पत्रकार समाजको खातामा जम्मा गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL