काठमाडौं । यामाहाले ७ मार्च अर्थात आजको दिन लाई ‘स्कुटर डे’ (स्कुटर दिवस)का रुपमा मनाउने भएको छ ।
मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु¥याएको योगदानको कदर गर्दै यामाहाले ‘स्कुटर डे’ मनाउन लागेको हो ।
‘स्कुटरले आरामदायी यात्रा मात्र होइन आत्मविश्वास पनि दिलाउ र सबैलाई मनपर्ने साधन स्कुटरको समपर्णमा स्कुटर डे मनाउन लागेको एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले बताए । ‘स्कुटर डे’ यामाहाले गत साता सुरु गरेको ‘एसस्कुटर’ अभियानकै एउटा हिस्सा हो ।
स्कुटर डेका अवसरमा देशभरि विभिन्न कार्यक्रमको आयोजना हुनेछ जसमध्ये निःशुल्क स्कुटर वास एउटा हो । स्कुटर डेमा राइडरहरुले यामाहाको कुनै पनि सर्भिस सेन्टरबाट जुनसुकै ब्रान्डको स्कुटर निशुल्क वास गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै ‘स्कुटर डे’कै दिन आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लुले नेपाल ट्राफिक प्रहरीलाई दुई वटा यामाहा स्कुटर हस्तान्तरण गर्ने बताएको छ । ‘हाम्रो यो सानो प्रयासले काठमाडौंको ट्राफिक व्यवस्थापनमा थोरै मात्र भए पनि सहयोग पुग्ने अपेक्षा हामीले गरेका छौ,’ उनले भने ।
त्यसैगरी, अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा यामाहाले नेपालकै अग्रणी सम्भवतः नेपालकै पहिलो स्कुटरचालक कमला श्रेष्ठलाई सम्मान गरेर स्कुटर हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।
‘स्कुटर डे’मा यामाहाले काठमाडौंका पाँच स्थान (बानेश्वर, त्रिपुरेश्वर, चाबहिल, कुमारीपाटी र जडिबुटी) र यामाहा नेपाल तथा एसस्कुटर अभियानको फेसबुक पेजबाट पनि सडक सुरक्षासम्बन्धी सचेतना फैलाउने कार्यक्रमको आयोजना गर्नेछ ।