काठमाडौं । अनलाइनमै नेपाली परम्परागत पोशाकदेखि बजारमा उपलब्ध अन्तर्राष्ट्रिय ब्राण्डका पोशाक विक्रि गर्ने लक्ष्यका साथ कपडा डट कम सञ्चालनमा आएको छ । तीन बर्षअघिदेखि लण्डमा सञ्चालनमा आएको यो अनलाइन लेबिज एण्ड ब्रायन फेसन लिमिटेडले नेपालमा पनि सुरु गरेको हो ।
नेपालमा ई कमर्श उद्योगको विकासका लागि अनलाइन सञ्चालनमा ल्याइएको कपडा डट कमका प्रमुख कार्यकारी विष्णु पुरीले जानकारी दिए । उनका अनुसार यस अनलाइने नेपालमै पहिलोपटक विभिन्न समुदाय विशेषको जातीय पोशाको समेत बिक्री सुरु गरेको छ ।
विदेशमा रहेका नेपाली समुदायले आफ्नो समुदाय विशेषको पोशाक ई सेवा, पेपाल, डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी अनलाइनबाट खरिद गर्न सक्नेछन् । नेपाल भित्रका उपभोक्ताले भने क्यास अन डेलिभरी समेतको समेत सुविधा पाउने छन् ।
अनलाइनमा ग्राहकले नेपाली गर्मेन्ट्स, फुटवेयर, विभिन्न किसिमका गिफ्टस आइटम, केक, विद्यालयका पोशाक लगायत सामान पनि खरिद गर्न सक्नेछन् । यी सामानको खरिदमा होम डेलिभरीको सुविधा समेत कम्पनीले उपलब्ध गराउने छ । हाललाई काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, चितवन र बुटवलका बजार क्षेत्रमा डेलिभरीको सुविधा उपलब्ध गराइएको छ । भविष्यमा अझ विस्तार गर्ने कम्पनीको योजना छ ।