Logo

फुटपाथ पसलले अस्तव्यस्त हुँदै महानगरपालिका

फुटपाथ पसलले अस्तव्यस्त हुँदै महानगरपालिका


बिजखबर संवाददाता
27
Shares

सञ्चिता घिमिरे

ललितपुर । ललितपुर महानगरपालिकाका व्यस्त सडकमा फुटपाथ पसल नहट्दा सिंगो नगर क्षेत्र अस्तव्यस्त भएको छ । फुटपाथ पसलका कारण सवारी चालक, पैदलयात्रीसँगै स्थानीय व्यापारीसमेत हैरान बनेका छन् । महानगरपालिकाले केही समयका लागि कडाइ गर्दा सडक खाली भए पनि त्यो लामो समयसम्म टिक्न सकेको छैन ।

दिउँसो सडकको बीच भागसम्मै पसल राख्दा यातायात आवागमनलाई समेत बाधा पुगिरहेको छ । बसपार्कमा केही वर्ष पहिले व्यापारी खाट नै राखेर बस्ने गरेका थिए । अहिले त्यो नभए पनि बसपार्कमा ठूलो संख्यामा व्यापारी छन् ।

ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रवीन्द्रराज ताम्राकार फुटपाथ पसल नगरको दीर्घकालीन समस्या भएर रहेको बताउँछन् । ‘फुटपाथ हटाउनका लागि प्रशासन र महानगरपालिकाले समय समयमा पहल गरे पनि त्यो लामो समय टिक्ने गरेको छैन’ उनले भने ‘फुटपाथ हटाएको दुई÷चार दिनमै सडकमा उत्तिकै पसल हुन्छ ।’ फुटपाथका कारण यहाँ आउने पर्यटकसमेत हैरान छन् ।

काठमाडौँ उपत्यकाका नगर क्षेत्रका सडकमा व्यापार गरेर जीविकोपार्जन गर्ने धेरै छन् । रोजगारीका लागि काठमाडौँ उपत्यका आएका धेरै मानिसले अरु काम नपाएपछि सडकको व्यापारलाई आर्थिक उपार्जनको माध्यम बनाएका छन् । नगरका लगनखेल, मंगलबजार, सातदोबाटोलगायत स्थानमा धेरै फुटपाथ पसल छन् ।

नगर प्रहरी प्रमुख कदमलाल महर्जन महानगरपलिकामा सबैभन्दा बढी फुटपाथ व्यवस्थापनको खाँचो लगनखेल–मंगलबजार सडकखण्डमा रहेको बताउछन् । एक पटक हटाउँदैमा फुटपाथ पसल हट्न नमान्ने र नियमित रुपमा लाग्नका लागि जनशक्तिको कमी रहेको उहाँले बताए । उनले भने ‘हामीले हटाएको केही समयमा नै आँखा छलेर पसल बाटोको बीचमा नै राख्छन् ।’

महानगरपालिकामा अहिले २३ नगर प्रहरी कार्यरत छन् । न्यायिक समितिको निर्णय कार्यान्वयन, पार्किङ व्यवस्थापन, भवन सुरक्षा, सार्वजनिक सम्पत्तिको सुरक्षालगायत काम उनीहरुको जिम्मेवारीमा छ । फुटपाथ व्यवस्थापनमा धेरै जनशक्ति लाग्दा मात्रै फुटपाथ व्यवस्थापन गर्न सकिने उनी बताउछन् । सार्क सम्मेलनका समयमा दिनरात काम गरेर नगर प्रहरीले सडक खाली गरेको थियो । उनी भन्छन् ‘अहिले पनि धेरै जना र नियमित खटिएर मात्रै फुटपाथ खाली गराउन सकिन्छ ।”

समय समयमा फुटपाथ व्यवस्थापनमा महानगरपलिकाले चासो देखाए पनि त्यो लामो समयसम्म टिकेको छैन । फुटपाथ पसल राख्न बन्द नै गर्दा यहाँका पार्टी निकट संगठनले विरोध गर्दै आएका छन् । सबै दलका साना व्यापारीको संगठन छ ।

नगर प्रमुख चिरीबाबु महर्जन छिटै फुटपाथ व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको बताउछन् । उनका अनुसार फुटपाथ व्यवस्थापनमा लाग्न नगर प्रहरीलाई निर्देशन दिइएको छ । यसअघि फुटपाथ व्यवस्थापन भए पनि लामो समयसम्म हुन सकेको थिएन । रासस

प्रतिक्रिया दिनुहोस्
MBL