Logo

सिजी मोबाइल्सका २ नयाँ फोन सार्वजनिक, बजार मूल्य ७ हजार ३ सय

सिजी मोबाइल्सका २ नयाँ फोन सार्वजनिक, बजार मूल्य ७ हजार ३ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिजी मोबाइल्स प्रालिले बजेट सेगमेन्टका दुई नयाँ स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ । सिजीले ओमेगा ३ र ब्लेज एन मोवाइल बजारमा ल्याएको हो ।

ओमेगा ३ मा ७६ प्रतिशतको स्क्रीन टू बडि रेसियोसहित यो सेगमेन्टको पहिलो स्मार्टफोन हो जसमा १८ः९ इन्फिनिटी डिस्प्ले राखिएको छ ।

१ जीबी र्याम तथा ८ जीबी रोम रहेको उक्त मोवाइलमा ड्यूल सिम सहित ५ मेगापीक्सेलको रीयर र २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको कम्पनीले जानकारी दिएको । यसैगरी यसको ब्याट्रि क्षमता २ हजार ३ सय एमएएच रहेको छ ।

यो स्मार्टफोनमा युवा पुस्ताको लागि निकै उपयोगी मोबाइल एप खुल्दुली एप बिल्ट इन गरिएको छ । जसले यौनिक तथा प्रजनन स्वास्थ्य र नेपालमा किशोरहरुको अधिकार प्रबद्र्धन गर्नका लागि उपयोगी छ । जसको बजार मूल्य ७ हजार ८ सय ४९ रहेको छ ।

त्यसैगरी अर्को स्मार्टफोन, ब्लेज एन ड्यूल सिम ह्याण्डसेट हो जुन एन्ड्रोयड नगेट ७.० भर्सनमा संचालन हुन्छ । यो फोन १.२ गीगाहर्ज क्वाड कोर प्रोसेसरका साथमा १ जीबीको ¥यामसहित आउँछ । क्यामराका लागि, ब्लेज एनमा ८ मेगापिक्सेलको रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । स्टोरेज र कनेक्टिभिटीतर्फ, ब्लेज एन ओमेगा ३ को जस्तै फिचरहरु छन् । ब्लेज एन स्मार्टफोनको बजार मूल्य ७ हजार ३ सय ४९ रहेको छ ।

दूबै स्मार्टफोनहरु गूगलद्वारा प्रमाणित एन्ड्रोयड प्रणालीमा उपलब्ध छन । कम्पनीका अनुसार फोनहरु देशभरि नै उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL