काठमाडौं । सिप्रदी ट्रेडिङ अन्तर्गतको एक्साइड ब्याट्रिले आफ्ना डिलरहरुलाई सम्मान गरेको छ । कम्पनीले पूर्वी क्षेत्रका डिलरहरुलाई भेला गरी पूर्वी क्षेत्रीय डिलर मिट २०१७/१८ को आयोजना गरेको होे ।
कम्पनीले उत्कृष्ट डिलरहरुलाई डाइमण्ड, प्लाटिनम र गोल्डेन डिलरको उपाधिले सम्मानित गरेको हो ।
जसमा नेशनल इन्टरप्राइजेज, इटहरीलाई डाइमण्ड डिलरको उपाधि प्रदान गरेको छ भने टायर सेन्टर बिराटनगरलाई प्लाटिनम डिलरको उपाधि प्रदान गरेको छ । साथै रामकृष्ण इलेक्ट्रो पावर, झुम्कालाई गोल्डेन डिलरको उपाधि प्रदान गरेको हो ।
यसैगरी नयाँ विधामा मोष्ट सर्भिस इफिसेन्ट डिलरको उपाधि फातिमा ब्याट्री ट्रेडर्स, धरान र आकर्षक शोरुमको उपाधि नेशनल इन्टरप्राइजेज, इटहरीलाई प्रदान गरिएको छ ।
सो कार्यक्रम आगामी दिनहरुमा पनि देशका विभिन्न शहरहरुमा आयोजना गरिने कम्पनीका महा–प्रबन्धक सुरेशकुमार तिवारीले जानकारी दिए ।