Logo

खेल पर्यटनको विकास गर्न ‘हिमालयन ड्राइभ मोटर र्याली’, ४२ वटा कारको सहभागिता

खेल पर्यटनको विकास गर्न ‘हिमालयन ड्राइभ मोटर र्याली’, ४२ वटा कारको सहभागिता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चितवनको सौराहामा ‘हिमालयन ड्राइभ ६ त्रिदेशीय मोटर याली’ को स्वागत गरिएको छ ।

नेपाल, भारत र भुटानका प्रतिस्पर्धी सहभागी र्यालीलाई चितवन अटोमोबाइल डिलर्स एसोसिएसनले स्वागत गरेको हो । त्यसैगरी रेष्टुरेण्ट एण्ड बार एसोसिएसन सौराहाले पनि र्यालीमा सहभागीहरुलाई खादा र टीका लगाएर स्वागत गरेको थियो ।

टोलीलाई देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले राम जानकी बालिका आश्रमका बालिकाहरुलाई स्वस्ती वाचन गराउदै स्वागत गरेका थिए ।
त्रिदेशीय खेल पर्यटनको विकास गर्ने उद्देश्य सहित भारतको सिलगुडीबाट छैठौँ संस्करणको ‘हिमालयन ड्राइभ ६ त्रिदेशीय मोटर र्याली’ शुक्रबार देखि सुरु भएको थियो । र्याली भारतको सिलिगुडी हुदैं नेपालको चितवन सौराहा आएको हो । सो र्याली अब भुटानको फुन्सोलिङबाट दार्जिलिङमा आएर समापन हुने नेपाल तर्फका कार्यक्रम संयोजक प्रकाश कपुरीले जानकारी दिए ।

भारतको जस्ट स्पोर्ट्ज म्यानेजमेन्ट प्रालि र नेपाल अटोमोबाइल्स स्पोर्ट्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटर स्पोर्ट्स क्लबको आयोजनामा उक्त र्यालीको आयोजना गरिएको थियो ।

भारतको एक मात्र अन्तर्राष्ट्रिय टीएसडी (समय, गति र दूरी) मा आधारित सो र्याली भारतको पश्चिम बंगालका डुवर्स र दार्जिलिङ पहाड हुँदै नेपाल र भारतका विभिन्न मनमोहक स्थानमा पुग्ने छ । यस प्रकारको र्यालीको यो छैटौं संस्करण हो ।

र्यालीले सबै गरी १ हजार ६ सय ५० किलोमिटरको दुरी पार गर्नेछ । प्रतिस्पर्धामा नेपालको ४ टीम सहित भारत र भुटानका गरि ४२ वटा कार सहभागी भएका छन् ।

पर्वतीय खेलकुद महोत्सवको अवसरमा अटोमोबाइल्स बाहेक गल्फ, प्याराग्लाइडिङ, साइक्लिङ, क्रस कन्ट्री दौड, ट्रायथलनलगायतका खेल आयोजना हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL