Logo

बजाज कर्प इण्डियाको ग्राण्ड फिनाले २ आज

बजाज कर्प इण्डियाको ग्राण्ड फिनाले २ आज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजाज नोमार्कर्सको ब्राण्डमा नो माक्र्स फेस अफ दि कलेज सिजन २ को फाइनल शनिवारका दिन काठमाडौँमा सम्पन्न हुँदैछ ।
नेपालमा पहिलो पटक सन २०१६ मा देशको प्रमुख शहरहरुका ५० वटा कलेजमा अध्ययनरत विद्यार्थीहरुवीच फेस अफ दि कलेज (एफओटीसी) ले अत्याधुनिक मेसिनबाट छाला परिक्षण गराउने र छाला सम्बन्धि अन्य विविध जानकारी प्रदान गरेको बिज्ञप्तिमा उल्लेख छ ।

जनचेतना जगाउने उद्देश्यले सञ्चालन गरिएको यो सोसल क्याम्पीङमा छालाको हेरचाह कसरी गर्न सकिन्छ भन्ने बिषयमा जानकारी दिएको बिज्ञप्तिमा उल्लेख छ ।

पहिलो सिजनकोे (एफओटीसी) मा संकलन गरेका अनुभवहरुलाई आत्मासाथ गर्दै बजाज कर्पले २०१७ अगष्ट बाट सुरु हुने (एफओटीसी) सेशन २ लाई राष्ट्रिय स्तरमानै लाने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

धापासीमा हुने (एफओटीसी) २ को ग्राण्ड फिनालेमा सहभागी हुन देशका विभिन्न शहरका कलेजहरुबाट छानिएर आएका विद्याथीहरुलाई विहिबार बाटै बन्द सेसनमा राखेर प्रशिक्षण दिईरहेको बताएका छन ।

फेस अफ नेपाल २०१८ नाम दिएको ग्राण्ड फिनालेमा पहिलो हुनेलाई रु १ लाख दोश्रोेलाई ५० हजार र तेश्रोलाई २५ हजार नगद पुरस्कारका साथै अन्य आकर्षक गीप्mट हाम्परहरु मार्फत सम्मान गरिने बताएको छ । कार्यक्रम फेब्रअरी २४ तारिखमा काठमाण्डौको धापासी स्थित होटल शहंशाहमा अपरान्ह ३ बजे शुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्