Logo

सुजुकी सेलेरियोको टेष्ट राइड माघमा पनि, एक महिनामा ७ सय जनाले गरे टेष्ट राइड

सुजुकी सेलेरियोको टेष्ट राइड माघमा पनि, एक महिनामा ७ सय जनाले गरे टेष्ट राइड


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सीजी मोटोकर्पले सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेनलाई माघ महिनामा पनि निरन्तरता दिएको छ ।

उपभोक्तालाई खरिद निर्णय लिनुपूर्व पहिलो अनुभव तथा सन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले उक्त टेष्ट राइडको आयोजना गरेको कम्पनीले जानकारी दिएको छ ।

यसैगरी उक्त कार्यक्रम सुजुकीका दशवटा आधिकारिक शोरुम भक्तपुर, बनेपा, पोखरा, बाग्लुङ्ग, दमौली, नारायणघाट, लहान, इटहरी, दमक र विराटनगरबाट माघ मा सञ्चालन भई सफल भएको हो ।

कम्पनीले यस टेष्ट राईड कार्यक्रम हाल सम्म जम्मा १८ स्थानहरुमा सफलता पुर्वक आयोजना गर्दै आएको जानकारी दिएको छ ।

कम्पनीका अनुसार माघ महिनामा ७ सय १४ जना टेष्ट राईडको कार्यक्रममा सहभागी भएको कम्पनीको दावि छ ।

मार्केटिङ एण्ड स्ट्रयाटिजी डिजीएम सिरज पन्तले हालसम्म १२ सय भन्दा धेरै ग्राहकले उक्त सुविधाको महसुस गरेको बताए ।

कम्पनीले सेलेरियो द परफेक्ट फेमिलीकार नेपाली बजारमा गत पुस महिनामा टेष्ट राईड अभियान मार्फत बजारमा ल्याएको थियो ।

हरेक टेष्ट राईडमा उपभोक्ताले आकर्षक उपहारका साथै १ जना भाग्यमानी उपभोक्ताले बम्पर १ लाख क्यासब्याक जित्ने अवसर पनि प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL