Logo

सामसुङको ब्राण्ड समन्वय कृसंग, ब्राण्ड प्रवद्र्धनमा सहयोग

सामसुङको ब्राण्ड समन्वय कृसंग, ब्राण्ड प्रवद्र्धनमा सहयोग


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सामसुङले हालै नेपाली चलचित्र ‘कृ’ संग ब्राण्ड समन्वय गरेको छ ।

सुरेन्द्र पौडेलद्वारा निर्देशित एवं अनमोल केसी द्वारा अभिनित कृमा अनमोल केसीले सामसुङ ग्यालेक्सी एस ८ प्लसको प्रयोग गरेको देखाइएको छ ।

नेपाली चलचित्रका दृश्यहरुमा सामसुङ मोबाइलको प्रयोगबाट नेपाली समाजमा मोबाइल सम्पर्कको विशेष माध्यम हुँदै आएको कुरा अझ स्पष्ट भएको कम्पनीको दावि छ ।

हलिउड तथा बलिउडमा भने यस्तो प्रयोग पहिलेदेखि नै हुँदै आएको पाइन्छ ।

यसैगरी यसबाट नेपाली चलचित्रको वर्तमान प्रयोगले भिन्न तथा विशेष तरिकाले पनि उत्पादनको प्रबद्र्धन गर्न सकिने कुरामा सामसुङ विस्वस्त रहेको कम्पनीले जानकारी दिएको छ ।

सामसुङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने, ‘चलचित्रले समाजको भावनालाई प्रतिबिम्बित गर्दछ । यसले हामीलाई ग्राहकहरुसँग नजिक हुने राम्रो अवसर पनि प्रदान गरेको छ । कृ चलचित्रको माध्यमबाट नेपाली दर्शकमा ख्याति प्राप्त अनमोल के.सीसँग सम्बन्धित हुन पाउँदा हर्षित छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL