Logo

कोरियाबाट बैधानिक रुपमा नेपालमा पैसा, हिमालयन बैंक र क्युएस रेमिटबीच सम्झौता

कोरियाबाट बैधानिक रुपमा नेपालमा पैसा, हिमालयन बैंक र क्युएस रेमिटबीच सम्झौता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । हिमालयन बैंक र एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट) बीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतासँगै क्युएसबाट पठाएको नेपाल स्थित हिमालयन बैंकको शाखाबाट प्राप्त गर्न सकिनेछ ।

दक्षिण कोरियाको दोङ्देमुन स्थित क्युएस रेमिटको केन्द्रिय कार्यालयबाट नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा क्युएस रेमिट कम्पनी अध्यक्ष लि जोङ्ग टिइग यस सहकार्यबाट दक्षिण कोरियामा कार्यरत नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने बताए ।

अबका दिनमा दक्षिण कोरियाबाट पठाएको पैसा बैकका ४७ वटै शाखा तथा ८ हजार ५ सयभन्दा बढी हिमाल रेमिट काउन्टरबाट सजिलै भुक्तानी लिन सकिने बैंकले जानकारी दिएको छ । हिमालयन बैंक र क्युएस रेमिटबीचको यस सम्झौताबाट दक्षिण कोरियामा कार्यरत करिब ४० हजार नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ

प्रतिक्रिया दिनुहोस्
MBL