Logo

नेपाल टेलिकमको स्प्रिङ अफर, डाटा देखि भ्वाइससम्म छुटैछुट

नेपाल टेलिकमको स्प्रिङ अफर, डाटा देखि भ्वाइससम्म छुटैछुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि बिहीबारदेखि स्प्रिङ अफर उपलब्ध गराउने भएको छ । उक्त अफर आगामी बैशाख २५ गतेसम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।

जसमध्ये जीएसएम प्रिपेड,पोष्टपेड तथा सीडीएमए  मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । कम्पनीले उपलब्ध गराउदै आएको विभिन्न प्याकेजमा १४ प्रतिशत थप बोनस डाटा उपलब्ध गराउने भएको हो । यससँगै अल टाइम डाटा प्याक अन्तर्गत १० रुपैयाँमा तीन दिनसम्म उपभोग गर्न पाउने गरी २३ एमबी डाटा उपलब्ध हुनेछ ।

त्यसैगरी २५ रुपैयाँमा सात दिनसम्म ६९ एमबी डाटा उपलब्ध हुनेछ । ५० रुपैयाँमा १४ दिनसम्मका लागि १४३ एमबी डाटा, १ सय रुपैयाँमा २८ दिनसम्मका लागी ४५६ एमबी, २०० रुपैयाँमा २८ दिनसम्मका लागी ९६९ एमबी डाटा र ३०० रुपैयाँमा २८ दिनसम्मका लागी १७१० एमबी डाटा उपलब्ध हुनेछ ।

त्यस्तै नाइट डाटा प्याकमा पनि पहिले भन्दा थप १४ प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । यस अफर अन्तर्गत १५ रुपैयाँमा १७१ एमबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ४५ रुपैयाँमा ५७० एमबी डाटा ७ दिन, ९० रुपैयाँमा १३६८ एमबी डाटा १४ दिन, २०० रुपैयाँमा ३५०३ एमबी डाटा र ३०० रुपैयाँमा ७५८८ एमबी डाटा २८ दिनसम्म चलाउन पाइने छ । नाइट डाटा प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ ।

टेलिकमको सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ । यस अन्तर्गत १२ रुपैयाँमा ३ दिनका लागि ५७, २५ रुपैयाँमा ७ दिनका लागि १२६ र ५० रुपैयाँमा २६३ एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी १०० रुपैयाँमा ५७० एमबी डाटा र २०० रुपैयाँमा १२५४ एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ ।

डाटा स्ट्रिमिङ प्याक जीएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा युट्युब र वाउटाइम एप्स चलाउन सकिने छ । यस अन्तर्गत ११५ रुपैयाँमा १३६८ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।

त्यसैगरी ८० रुपैयाँमा ९१२ एमबी डाटा १४ दिन अवधिका लागि र ४५ रुपैयाँमा ४५६ एमबी डाटा ७ दिन अवधिका लागि उपलब्ध हुनेछ ।

टेलिकमले एसएमएस प्याक अन्तर्गत १२ रुपैयाँमा ५ दिनसम्म उपभोग गर्न पाउने गरी ६० वटा एसएमएस र ६० वटा बोनस एसएमएस समेत उपलब्ध गराएको छ । यसरी १२ रुपैयाँमा १२० वटा एसएमएस गर्न सकिने छ ।

त्यसैगरी फोरजी डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा ३५ एमबी डाटा ३ दिनका लागि, ५० रुपैयाँमा २२८ एमबी डाटा ७ दिनका लागि र १०० रुपैयाँमा ५७० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रुपैयाँमा १३६८ एमबी, ३०० रुपैयाँमा २२८० एमबी र ५०० रुपैयाँमा ४१०४ एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।

अल टाइम भ्वाइस प्याक कम्पनीकै नेटवर्कभित्र एक दिनका लागि १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेटको प्याकेज ३ दिन अवधिका लागि उपलब्ध छ ।

५० रुपैयाँमा ५ दिनका लागि ७५ मिनेट, १०० रुपैयाँमा १० दिनका लागि २०० मिनेट, २०० रुपैयाँमा २८ दिनका लागि ४१० मिनेट, ३०० रुपैयाँमा ३० दिनका लागि ६५० मिनेट र ५५० रुपैयाँमा ६० दिनका लागि १२०० मिनेट कल उपलब्ध गराइएको छ । सो कल नेपाल टेलिकमको नेटवर्क भित्रका लागि मात्र उपलब्ध हुनेछ ।

नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ३ दिनसम्म ७० मिनेट र २५ रुपैयाँमा ७ दिनसम्म कम्पनीकै नेटवर्कभित्र २५० मिनेट कल गर्न सकिने छ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ ।

कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि कन्भज्र्ड सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । हालसम्म जीएसएम पोष्टपेडलाई मात्र यो सुविधा उपलब्ध गराइएकोमा अब जीएसएम/सीडीएमएका प्रिपेड/पोष्टपेड सबैमा यो सुविधा उपलब्ध हुनेछ । कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सीयूजी प्याकेजहरु उपलब्ध गराइएको छ ।

सबैभन्दा सस्तो प्याकेज ४सयमा उपलब्ध हुनेछ । यस अन्तर्गत सीयूजी ग्रुप भन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन र ५० वटा एसएमएस पठाउन सकिने छ ।

त्यसैगरी ७ सय रुपैयाँमा ३सय मिनेट भ्वाइस कल गर्न, ८०० एमबी डाटा चलाउन र १०० वटा एसएमएस पठाउन सकिने छ । यो वाहेक १ हजार रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न, १५०० एमबी डाटा चलाउन र १५० वटा एसएमएस पठाउन सकिने छ ।

१३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल, २१०० एमबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न, २७०० एमबी डाटा चलाउन र २५० वटा एसएमएस पठाउन सकिने छ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ ।

कम्पनीले इन्डिया आउटगोइङ कल अफर सञ्चालनमा ल्याएको छ । यो योजना अनुसार नेपालबाट भारतमा कल गर्नका लागि अब सस्तो दरको प्याकेज लिन सकिने भएको छ । यसका लागि कम्पनीले डेली प्याक, विक्ली प्याक र मन्थ्ली प्याक गरी तिन प्रकारको प्याक अफर ल्याएको छ । डेली प्याक अन्तर्गत ३५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिने छ । सो प्याक १ दिनका लागि मात्र उपलब्ध हुनेछ ।

त्यसैगरी विक्ली प्याक अन्तर्गत १५० रुपैयाँमा ६५ मिनेट र मन्थ्ली प्याक अन्तर्गत ५०० रुपैयाँमा २२५ मिनेट कल गर्न सकिने छ । यी प्याक क्रमशः ७ दिन र एक महिनासम्म प्रयोग गर्न सकिने छ । प्याकबाट प्रतिमिनेट २ रुपैयाँ २२ पैसासम्मको सस्तो दरमा भारतमा कल गर्न सकिने छ ।

अब विदेशबाट कल आएमा समेत बोनस कल र एसएमएस उपभोग गर्न सकिने छ । ७ दिनभित्र ७ मिनेट अन्तर्राष्ट्रिय कल रिसिभ गर्ने प्रत्येक ग्राहकले नेपाल टेलिकमको नेटवर्कमा १४ मिनेट फ्रि कल गर्न र १४ वटा फ्रि एसएमएस पठाउन सक्ने छन् । फ्रि कल र फ्रि एसएमएसको प्रयोग भने ३ दिन भित्र गरिसक्नु पर्नेछ ।

त्यस्तै टेलिकमले ५ एमबीपीएस सम्मको गतिमा उपलब्ध हुने गरी अपग्रेड गरिएको छ । त्यसैगरी एडीएसएल रिचार्ज गर्दा ग्राहकको जीएसएम वा सीडीएमए मोबाइलमा क्रस–बन्डलिङ डाटा बोनस उपलब्ध गराइने छ । यस अन्तर्गत २ सय रुपैयाँको रिचार्ज गर्दा ३० एमबी अल टाइम र ६० एमबी नाइट डाटा प्रयोग गर्न सकिने छ । त्यसैगरी ५ सय रुपैयाँको रिचार्ज गर्दा ८० एमबी अल टाइम र १६० एमबी नाइट तथा १ हजार रुपैयाँको रिचार्ज गर्दा १७५ एमबी अल टाइम र ३५० एमबी नाइट डाटा प्रयोग गर्न सकिने छ ।

एफटीटीएच सेवामा कर्पोरेट तथा ब्यक्तिगत प्याकेज  टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत ग्राहक र कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ । दुवै प्रकारका ग्राहकको लागि ८, १४, ३३, ५५ र १०० एमबीपीएस ब्यान्डविथको प्याकेज उपलब्ध छ ।

ब्यक्तिगत तर्फ ८ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि ४५० जिबी, ६ महिनाका लागि ११०० जिबी र १२ महिनाका लागि २४०० जिबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः रु. ४ हजार २ सय ३७, ७ हजा ७ सय ९७ र १३ हजार ५ सय ६० छ ।

१४ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि ७०० जीबी, ६ महिनाका लागि १६०० जीबी र १२ महिनाका लागि ३५०० जीबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः रु. ४ हजार ७ सय ४६, ८ हजार ८ सय १४ र १५ हजार ५ सय ९४ छ ।

३३ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि १०५० जीबी, ६ महिनाका लागि २३०० जीबी र १२ महिनाका लागि ५००० जीबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः रु. ५ हजार २ सय ५४, ९ हजार ८ सय ३१ र १७ हजार ६ सय २८ छ ।

५५ एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि ६५०० जिबी डाटा रु. २० हजार ३ सय४० मा र १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि ८५०० जीबीको डाटा रु. २५ हजार ७ सय ६४ मा खरिद गर्न सकिन्छ ।

त्यसैगरी कर्पोरेट युजर प्याकेज अन्तर्गत ८ एमबीपीएस गतिको एफटीटीएच प्याकेज ३ महिनाका लागि १६०० जीबी, ६ महिनाका लागि ३६०० जीबी र १२ महिनाका लागि ८००० जीबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः रु. ८ हजार ४ सय ७५, १५ हजार ९ सय ३३ र २८ हजार ४ सय ७६ छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टर १४१५ ह्यास डायल गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्