Logo

काठमाडौंमा रमाइलो बाल मेला, घोडाचडी,फेस पेन्टिङलगायत कार्यक्रम गरिने

काठमाडौंमा रमाइलो बाल मेला, घोडाचडी,फेस पेन्टिङलगायत कार्यक्रम गरिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बालबालिकाहरुको शारीरिक र मानसिक विकासका साथै मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले काठमाडौंमा रमाइलो बाल मेलाको आयोजना हुने भएको छ ।

‘बागमती फन कर्निभल’ नाम दिइएको सो मेलामा विभिन्न प्रकारका सांगितिक र मनोरन्जनात्मक कार्यक्रम, घोडाचडी, फेस पेन्टिङ लगायतका आकर्षणहरु रहने इभेन्ट व्यवस्थापन कम्पनी फन डेका प्रवन्ध निर्देशक शुभम् अग्रवालले जानकारी दिए ।

विभिन्न ब्राण्डहरुसँग सहकार्य गर्दै इभेन्ट व्यवस्थापन गर्दै आएको फनडेले स्टल व्यवस्थापन तथा निर्माणको समेत कार्य गर्दै आएको छ ।

इभेन्टको लागि स्टल बुकिङ समेत खुल्ला भइसकेको निर्देशक अग्रवालले जानकारी दिए ।

युवा तथा बालबालिकालाई लक्षित गर्र्दै विभिन्न ईभेन्टहरुको व्यावस्थापन गर्दै आएको फन डेले पछिल्लो समय पुर्व प्राथमिक तहका बालबालिकाहरुलाई लक्षित गर्दै इभेन्टको आयोजना गरेको हो ।

इभेन्ट काठमाडौंको सुकेधारा स्थित बागमती स्कूलमा आयोजना हुने छ । फागुन ७ गते प्रजातन्त्र दिवसको दिन आयोजना हुने छ । इभेन्टको मिडिया व्यवस्थापन नेपाल डिजिटल मिडिया (एनडिएम) ले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्