Logo

सामसुङको जेटु फोरजी मोबाइल बजारमा, मूल्य ११ हजार ३ सय

सामसुङको जेटु फोरजी मोबाइल बजारमा, मूल्य ११ हजार ३ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामसङ नेपालले नयाँ सामसङ ग्यालेक्सी जेसिरिज अन्तर्गत जेटु फोरजी मोबाइल नेपाली बजारमा ल्याएको छ । यो फोरजी फोनमा सुपर फास्ट इन्टरनेट चलाउन र डाउनलोड गर्न सकिन्छ । १ दशमलब ३ गिगाहर्ज क्वाडकोर प्रोसेसरको यो फोनमा ४ दशमलब ७ इन्चको एचडी सुपर अमोलेड स्क्रिन छ ।

कम्पनीको एचपीपी डिभिजन प्रमुख प्रणयरत्न स्थापितले ग्राहकहरुलाई नयाँ नयाँ प्रविधि युक्त विभिन्न मूल्यका मोबाइल सेटहरु प्रस्तुत गर्ने क्रममा सामसङ ग्यालेक्सी जेटुको फोरजी संस्करण, स्मार्ट फोनका प्रारभ्भिक प्रयोगकर्ताहरुलाई लक्षित गरी प्रस्तुत गरेको जानकारी दिए ।
यसमा भएको क्यामराले विस्तृत एवं उच्च गुणस्तरको फोटो खिच्न सक्दछ । लो एफ २ दशमलब २ अर्पारचरयुक्त ५ मोगापिक्सलको रियर क्यामरा, एलइडी फ्लयासले जस्तो सुकै कम उज्यालोको अवस्थामा पनि सफा र स्पष्ट फोटो खिच्न सकिन्छ । यसमा भएको २ मेगा पिक्सलको फ्रन्ट क्यामराले भिडियो कलिङ गर्दा वा सेल्फि खिच्दा वेग्लै अनुभव प्रदान गर्दछ ।

यो फोनमा भएको क्यामरामा सेल्फी खिच्नको लागि छुट्टै मोड पनि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

यस सुविधाको प्रयोग गरी क्यामराको स्वतः टाइमरको माध्यमबाट लेन्सलाई आफू तर्फ फर्काएर फोटो खिच्न सकिन्छ ।
सामसङको नयाँ जेटु फोरजीको बजार मूल्य ११ हजार २ सय९० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्