काठमाडौं । यो वर्षको प्रणय दिवशलार्ई लक्षित गर्दै अनलाइन सपिङ पोर्टल स्मार्टडोकोले डोकोभरि माया क्याम्पेनको घोषणा गरेको छ ।
उक्त अभियान अन्तर्गत ३ जना भाग्यशाली बिजेताले तिन विशेष उपहार एवं विभिन्न ब्राण्डको खरिदमा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।
एक जोडीको लागि होटल ¥याडिसन काठमाडौंमा, एक जोडीको लागि दहिल बुटिक होटल पोखरामा , एक जोडीको लागि होटल सिङ्गी काठमाडौंमा रात्री भोजको व्यवस्था रहेको कम्पनीले जारी गरेको विज्ञाप्तिमा उल्लेख छ ।
स्मार्टडोकोबाट १ हजार वा सो भन्दा वढी आफ्नो प्रेम गर्ने व्यक्तिको लागि खरिद गर्ने ग्राहक लक्की ड्र को लागि योग्य हुने छ । खरिदकर्ताले आफुले किनेको उत्पादनको फोटो वा स्क्रीनसट ‘ह्यासट्याग डोकोभरि माया’ को प्रयोग गरी फेसबुक वा इन्सटाग्रममा अपलोड गर्नु पर्नेछ ।
डोकोभरि माया अभियान १ फेबु्रअरी देखि १३ फेबु्रअरी सम्म सञ्चालन हुने छ । यसका साथै तीन विजेताको नाम १४ फेब्रअरीमा घोषणा गरिने छ ।
घडी, पर्फयुम, जुत्ता, बुकेट, केक सफ्ट खेलौना, कस्मेटिक्स जस्ता वस्तुहरु डोकोभरि मायाले उत्कृष्ट मूल्यमा विशेष भ्यालेन्टाइन उपहार प्रदान गर्नेछ ।
ग्राहकले आफुलाई मनपर्ने मोवाइल, विद्युतीय सामान, फेशन आइटम, वेवी केयर, पेट केयर, खानेकुरा र पेयपदार्थ लगायत १८ क्याटेगोरिका वस्तुहरु स्मार्टडोकोबाट खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।