Logo

नेपाली बजारमा भित्रियो सामसुङ ग्यालेक्सी ट्याब ए ७.०, मूल्य १६ हजार

नेपाली बजारमा भित्रियो सामसुङ ग्यालेक्सी ट्याब ए ७.०, मूल्य १६ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामसुङको ट्याव ए ७.० नेपाली बजारमा भित्रिएको छ । जुन मनोरञ्जनको लागि उत्कृष्ट बन्ने कम्पनीले जानकारी दिएको छ ।

ग्यालेक्सी ट्याब ए पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो । फोरजीको साथ परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्रिको क्षमताले गर्दा यसले इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्ने कम्पनीको दावी छ ।

आकर्षक स्लीम डिजाइन, राउन्ड एज तथा नन् स्लीप प्याटर्नले गर्दा यो प्रयोग गर्न सहज भएको छ । यसलाई जस्तो सुकै अवस्थामा पनि एक हातमा सहजै लिन सकिन्छ । कम्पनीका अनुसार एच डि डिस्प्लेको करणले उत्कृष्ट दृश्यको अनुभव प्राप्त हुने छ । यो आफैमा एक पावर हाउस हो यसमा लामो समयसम्म चल्ने ४००० एमएएच व्याट्री राखिएको छ, जसले भिडियो प्ले व्याक प्रयोग गर्दा पनि ९ घण्टसम्म निरन्तर चलाउन सकिन्छ ।

सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले उपभोक्ताद्वारा प्राप्त भएको सुझाव अनुसार चाहना एवं आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गरेको बताए ।

ग्यालेक्सी ट्याव ए मा सुधारिएको शानदार डिस्प्ले, पावरफुल परफर्मेन्स तथा मल्टीमिडिया एक्स्पीरियन्सको राम्रो समिश्रण रहेको उनले जानकारी दिए । स्थापितका अनुसार यो क्वालिटि इन्टरटेनमेन्ट एक्सपिरियन्स खोज्ने ग्राहकहरुका लागि उत्कृष्ट छ ।

यो ट्याबमा “किड्स मोड” को सुविधा उपलब्ध रहेको छ, यो एउटा यस्तो डिजिटल प्ले ग्राउन्ट हो जुन पूर्ण रुपमा सुरक्षित छ र किड्स मोडमा अविभावक तथा बच्चाहरुको लागि एक लाइब्रेरी रहेको छ, जुन एजुकेशनले गेमहरुद्वारा सुसज्ज्ति छ । यो फोनलाई कुनै निश्चित समय सम्मको लागि वा कुनै एपलाई नियन्त्रित गर्न सकिन्छ । यसरी अभिभावकले आफ्ना बालबच्चाहरुलाई खास विषयमा केन्द्रित राख्न सक्छन् ।

साथै एपमा विताउने समयको निर्धारण पनि सहजै गर्न सकिन्छ । १.५ गिगाहर्ज को क्वाड कोर प्रोसेसर, १.५ जिबिको ¥याम तथा ८ जिबिको इन्टरनल मेमोरि ( माइक्रो एस डि कार्डको प्रयोग गरी २०० जिबि सम्म बढाउन सकिने) ५ मेगा पिक्सलको ए एफ रियर क्यामरा जसले सफा एवं स्पर्ट फोटो खिच्न सकिन्छ । साथै यसमा २ मेगा पिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।

ग्यालेक्सी ट्याब ए नेपाली बजारमा रु. १५ हजार ९ सयमा उपलब्ध रहेको छ । यसका दुई आकर्षक रंगहरु ह्वाइट तथा तथा ब्ल्याक रहेका छन् ।

ग्यालेक्सी ट्याब ए नेपाल अधिराज्यभर सामसङका आधिकारिक ब्राण्ड स्टोरहरुमा २३ गते देखि उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL