Logo

पशुपती पेन्ट्सद्धारा ‘महापर्वको रंगोत्सव’ उपहार योजनाको विजेता घोषणा

पशुपती पेन्ट्सद्धारा ‘महापर्वको रंगोत्सव’ उपहार योजनाको विजेता घोषणा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । पशुपति पेन्ट्स प्रालिले दशैं तिहारको अवसरमा सञ्चालित ‘महापर्वको रंगोत्सव’ उपहार योजनाको विजेता घोषणा गरेको छ ।

कम्पनीले गोलाप्रथा मार्फत विजेताहरुको छनोट गरी कुपन नं सार्वजनिक गरेको हो ।

गोलाप्रथा मार्फत कुपन नं सीएस २०१०१५ बम्पर उपहार एनएस २०० बजाज पल्सर विजेताका रुपमा छनोटमा परेको छ ।

त्यसैगरी, कुपन नं सीएस ४०१४९२ पहिलो पुरस्कार सुजकी लेट्स स्कुटर विजेताको रुपमा छनोट गरिएको छ ।

यसका साथै दोस्रो पुरस्कार स्मार्टफोन विजेता ४ जना, आईप्याड विजेता ४ जना, आईथ्री ल्यापटप विजेता ४ जनाको सीयस नंबर सार्वजनिक गरेको छ । त्यसै गरी ट्याब्लेट विजेता ४ जना, ५ग्राम सुन विजेता ८ जना र १ सय ग्राम चाँदी विजेता १६ जनाको पनि सीयस नम्बर सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार विजेताहरुले उपहार दावीका लागि १५ दिन भित्र कुपनको अर्धकट्टी र सक्कल विलका साथ कार्यालयमा सम्पर्क गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL