Logo

नाडाले भन्यो, ‘अटो व्यवसायीले ठगी गरेका छैनन, नियम अनुसार नाफा लिएका छन’

नाडाले भन्यो, ‘अटो व्यवसायीले ठगी गरेका छैनन, नियम अनुसार नाफा लिएका छन’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल अटो मोबाइल्स डिलर्श एशोसिशनले आफ्ना सदस्यहरुले मुनाफाकै कारण ठगी तथा कालोबजारी नगरेको बताएको छ । ‘अटो व्यवसायीले ठूला करदाता कार्यालय तथा आन्तरिक राजस्व कार्यालयमा पेश गरेको आय विवरण बमोजिम यस एशोसिएशनका कुनै पनि सदस्यहरुले मुनाफाकै कारणले कालोबजारी र ठगी गरेका छैनन् भन्ने कुरामा विश्वस्त हुन सरोकारवाला सबैमा जानकारी गराउदछौ,’ नाडाले विज्ञप्तीमार्फत भनेको छ ।

साथै अहिले केही सदस्यहरुको बढी नाफा लिएको विषयमा अनुसन्धान भइरहेको अवस्थामा २०३२ सालमाबनेको कालोबजार तथा केही सामाजिक अपराध ऐनको हवालादिंदै मुलुकी ऐनको ठगीको महलको कसुरमा सजाय अन्तरगत प्रहरीलाई लेखी पठाएको भन्दै नाडाले सो विषयमा ध्यानाकर्षण गराएको छ ।

नेपालमा आयात हुने सवारीसाधनमा लाग्ने भन्सार, अन्तःशुल्क, मूल्यअभिवृद्धि कर लगायतका राजस्व तिरी सोमा लाग्ने प्रत्यक्ष लागत खर्च, बैंकको ब्याज, प्रशासनिक खर्च, बजारीकरण खर्च लगायतका नियमित खर्च जोडी लागत गणना गर्ने प्रचलित सर्वमान्य लेखाको पद्धति बमोजिम त्यसमा मुनाफा जोडेर व्यवसायीले सवारीसाधन बिक्री गर्दै आएको समेत नाडाले जानकारी दिएको छ । आर्थिक ऐन बमोजिम यसरी गणना गरिएको बिक्री मूल्य प्रत्येक ४/४ महिनामा नाडाले प्रकाशित गरी सबैलाई सुसुचित गराउँदै आएकाले अटो व्यवसायीले कुनै ठगी नगरेको नाडाको दाबी छ समेत गराउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL