Logo

आइएमइ मोटर्सको दशै तिहार उपहार घोषणा, खोटाङकी शर्मिस्ता अधिकारीले पाइन् ३० ग्राम सुन

आइएमइ मोटर्सको दशै तिहार उपहार घोषणा, खोटाङकी शर्मिस्ता अधिकारीले पाइन् ३० ग्राम सुन


बिजखबर संवाददाता
81
Shares

काठमाडौ । अशोक लेलैंड कमर्सियल भेहिकलको दसैं तिहार फेस्टिव स्किम अन्तर्गत खोटाङकी शर्मिस्ता अधिकारीले ३० ग्राम सुन पुरस्कार पाएका छिन् । आइ एम इ ग्रुप अन्तर्गत को सवारी साधनहरुको कारोबार गर्ने एक भगिनी संस्था आइ एम इ मोटर्स प्रा लिले सो उपहार योजना सञ्चालनमा ल्याएका थिए ।

अशोक लेलैंड १६१६ कार्गो क्याब फुल्ली बिल्ट ७.५ क्युबिक मिटर (६ चक्के टिप्पर) गाडी को खरिदमा उनले सो उपहार प्राप्त गरेकी हुन् ।
हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेल्याण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेल्याण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो ।

साथै ट्रक उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक हो । अशोक लेल्याण्ड सच्चा वैश्विक वाहन उत्पादक हो जसको विश्वमा ९ ओटा कारखाना छन् । अशोक लेल्याण्ड स्पेयर पुर्जाहरु र औद्योगिक र समुद्री प्रयोगका इन्जिन पनि उत्पादन गर्ने कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्