Logo

सामसुङद्वारा ग्यालेक्सी जेसेवेन एनएक्स्टी ३२ जिबी सार्वजनिक, बजार मूल्य २२ हजार

सामसुङद्वारा ग्यालेक्सी जेसेवेन एनएक्स्टी ३२ जिबी सार्वजनिक, बजार मूल्य २२ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामसुङले नेपाली बजारमा ग्यालेक्सी ‘जेसेवेन एनएक्स्टी’ मोबाइल सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ फोनमा जीवन्त दृश्यानुभुतिका लागि ५ दशमलव ५ ईञ्चको एचडी एसए मोलेड स्क्रिनको प्रयोग गरिएको कम्पनीले जानकारी दिएको छ ।

३२ जीवी रोम क्षमताको उक्त फोनमा अदृतिय अनुभवका लागि एण्ड्रोइड नोउगट सञ्चालन प्रणालीको प्रयोग गरिएको छ ।

फोनमा कम्पनीले रियर सटका लागि १३ मेगापिक्सेल र सेल्फीका लागि ५ मेगापिकसेल क्षमताको क्यामेरा जडान गरिएको कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै कम्पनीले फोनमा ३ हजार एमएएच क्षमताको शक्तिशाली रिमुभेवल ब्याट्रीको प्रयोग गरेको छ । उक्त ब्याट्रीले १३ घण्टा सम्म निरन्तर ईन्टरनेट, १७ घण्टा सम्म भिडियो प्लेब्याक, ८० घण्टा सम्म अडियो प्लेब्याक र २१ घण्टा सम्मको टक टाइम दिने क्षमता राख्ने कम्पनीको दाबी छ ।

सिल्भर, गोल्ड र ब्ल्याक कलर मा उपलब्ध उक्त फोनको बजार मूल्य २१ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL