काठमाडौं । भारतीय मोटर निर्माता कम्पनी अशोक लेलैण्डको क्याप्टेन टिपर नेपाली बजारमा भित्रिएको छ । अशोक लेलैण्डको नेपालस्थित आधिकारीक बिक्रेता आईएमई ग्रूप अन्तरगतको आईएमई मोटर्सले उक्त टिपर नेपाली बजारमा भित्र्याएको हो ।
क्याप्टेन टिपरमा उच्च माइलेज, इलेक्ट्रिक तथा इलोक्ट्रोनिक विशेषता रहेकाले सवारी संचालन लागत समेत कम गर्ने कम्पनीले जानकारी दिएको छ । जसमा एड्जस्टेबल सस्पेण्डेड चालक सिट, टिल्टेबल र टेलिस्कोपिक, स्टिेयरिङ कलमं, वातानुकुलित क्याबिन र म्युजिक स्स्टिम रहेको छ । कम्पनीले क्याप्टेनको शुरुवाती मूल्य ७५ लाख तोकेको छ
अशोक लेलेण्डको ट्रकले नेपाली बजारमा विश्सनीयता ब्राण्डको नाम कमाएको र क्याप्टेनले यसको बिरासतलाई थप अगाडी बढाउने आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले जानकारी दिए ।