Logo

डिजिकम २१ औं बर्षमा, आफ्ना उत्पादनमा २० प्रतिशत छुटको घोषणा

डिजिकम २१ औं बर्षमा, आफ्ना उत्पादनमा २० प्रतिशत छुटको घोषणा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । डिजिकमले आफ्ना सम्पूर्ण उत्पादनहरुमा २० प्रतिशत छुटको घोषणा गरेको छ । नेपालमा आफ्नो सेवाको २० वर्ष पूरा गरेको उपलक्ष्यमा कम्पनीले आफ्ना उत्पादनहरुमा आकर्षक छुट दिने भएको हो ।

भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक मेलाको अवधिभर डिजिकमको स्टलबाट सो छुट प्राप्त गर्न सकिने डिजिकमका अध्यक्ष अरुणकुमार बन्सलले जानकारी दिएको छ ।

नेपालमा दुई दशक पूरा गरेको अवसरमा क्यान इन्फोटेकमा डिजिकमले एक विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा चर्चित फिल्म कलाकार तथा निर्माता निर्देशक दीपकराज गिरि र दीपश्री निरौलाको सहभागिता रहेको थियो ।

सन् १९९८ मा शुरु भएको ब्राण्ड डिजिकमले २० वर्षको यात्रा पूरा गरेको छ । हरेक वर्ष डिजिकमले नयाँ तथा एडभान्स्ड प्रडक्ट थप गर्दै आएको छ ।

कम्पनीले सीएटीभी, अप्टिकल फाइबर केबल, नेटवर्किङ केबल, कक्सिएल केबल, सीसीटीभी केबल, वायरलेस राउटर, सीसीटीभी सर्भेलेन्सलगायत प्रडक्ट उपलब्ध गराएको छ ।

कम्पनीले आफ्ना ७०० भन्दा बढी प्रडक्टहरु बजारमा उपलब्ध गराएको छ ।

डिजिकमका उत्पादनहरु नेपालीबजारका लागि आवश्यक डिजाइन र सुविधायुक्त रहेको अध्यक्ष बन्सलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्