काठमाडौं । सोमबार नेप्से परिसुचक ३ दशमलब ५७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय २ दशमलब २३ अंकमा झरेर बन्द भएको हो ।
सोमबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ ।
सो दिन कारोबारमा आएकामध्ये होटल समुहको परिसुचक सबैभन्दा बढी २१ दशमलब ३६ अंकले घटेको छ ।
त्यस्तै विकास बैंक ५ दशमलब ७१, बैंकिङ ४, फाइनान्स ३ दशमलब ७८, माइक्रोफाइनान्स ३ दशमलब ५८, अन्य ३ र बीमा समुहको परिसुचक ० दशमलब ६५ अंकले घटेको हो । यता ट्रेडिङ र जलविद्युत समुहको परिसुचक भने क्रमशः ६ दशमलब ३३ र १ दशमलब १४ अंक्ले उकालो लागेको छ ।
सोमबार १६० ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ७ लाख १५ हजार कित्ता सेयरबाट २८ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।