Logo

केएलमा सुरु भयो ‘दामी सेल’ मेला, सामान खरिदमा ५० प्रतिशतसम्म छुट

केएलमा सुरु भयो ‘दामी सेल’ मेला, सामान खरिदमा ५० प्रतिशतसम्म छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चाबहिलस्थित केएल टावरमा ‘दामी ‘सेल’ मेला सुरु भएको छ । दामी सेल मेलामा ४५ वटा पसलहरू सहभागी छन् ।

तीन हजारभन्दा बढी सामानहरू डिस्प्लेमा राखिएको मेलामा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

शनिबारबाट सुरु भएको मेला झण्डै एक महिनासम्म चल्नेछ । ५ हजार रुपैंयाको सामान खरिदमा दुईवटा फिल्म टिकट निःशुल्क उपलब्ध हुने मेलाको आयोजकले जनाएको छ ।

साथै ५ सय वा सोभन्दा बढीको खरिदमा दैनिक पाँच हजार रुपैयाँ बराबरको उपहार दुईजनालाई, बम्पर उपहार लक्की ड्रमार्फत् एकजनालाई दिइने टावरले जनाएको छ ।

मेला अवधिभर केएल टावरमा विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुनेछन् । फेस पेन्टिङ, फेसन शो, म्यूजिकल इभेन्ट, बीबाइङ, हिपहपलगायत कार्यक्रमहरूका साथै भ्यालेन्टाइन दिवसमा स्पेशल कार्यक्रम समेत गरिने बताइएको छ ।

हाल केएल टावरमा ५० बढी पसलहरू छन् । मोबाइल हब, डिपार्टमेन्ट स्टोर, सर्टिङ–सुटिङ, रेडिमेट गार्मेन्ट्स, लत्ताकपडा, जुत्ता, सिनेमा हल, फुटकोर्ट, खेल स्थान, बैंक, ट्राभल एजेन्सीलगायत सबैखाले सेवा–सुविधाहरू एकै छानामुनि उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL