Logo

अधिकांस समुह ओरालो लाग्दा बैंकिङ समुहले उचाल्यो नेप्से, साढे ३५करोडको कारोबार

अधिकांस समुह ओरालो लाग्दा बैंकिङ समुहले उचाल्यो नेप्से, साढे ३५करोडको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतबार नेप्से परिसुचक १ दशमलब ४२ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १४ सय ५ दशमलब ९५ अंकमा पुगेर बन्द भएको हो ।

आइबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक ओरालो लागको छ । तर सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ र विकास बैंक समुहको परिसुचक बढ्दा समग्र बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

सो दिन बैंकिङ समुह ५ दशमलब ९२ र विकास बैंक ४ दशमलब ७६ अंकले बढेको छ । यता होटल,जलविद्युत, बीमा, ट्रेडिङ, माइक्रोफाइनान्स र उत्पादन समुहको परिसुचक क्रमशः २८ दशमलब ०२, १६ दशमलब ९२, १२ दशमलब ४९,१० दशमलब ३९,९ दशमलब ३९ अंकले ओरालो लागेको छ ।

त्यसैगरी माइक्रोफाइनान्स ५ दशमलब ४५, अन्य ३ र फाइनान्स समुहको परिसुचक २ दशमलब ७५ अंकले घटेको छ ।

आइतबार सानिमा माई जलविद्युत आयोजनाको २ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५८ ओटा कम्पनी कारोबारमा आएका थिए ।

ती कम्पनीको ८ लाख ५१ हजार कित्ता सेयरबाट ३५ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्