काठमाडौं । नेपाल अन्तरराष्ट्रिय व्यापार मेला फागुन २४ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर्ने मेलाका लागि मंगलबारबाट स्टल बुकिङ खुल्ला गरेको जानकारी दिएको छ ।
नेपाल सरकार÷वाणिज्य मन्त्रालयको सहयोग एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह—आयोजनामा उक्त मेला आयोजना हुन लागेको हो । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०१८ सातौं संस्करण हो ।
करिव ३ सय भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ ।
मेलामा नेपालसहित सार्क मुलुकहरू, चीन, थाइल्याण्ड, मलेशियालगायतका देशहरूको सहभागिता रहनेछ ।
आयोजकका अनुसार उक्त मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू तथा एनटीआइएस वस्तुहरु रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने बताएको छ ।
मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, औषधि, फलाम तथा स्टील, सवारी साधन आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन् ।
त्यस्तै मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसंग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारे छलफल समेत हुने छ । मेलामा स्वदेशी र विदेशी गरि करिव २ लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।
मेलाले नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पु¥याउने आशा महासंघले लिएको छ ।