Logo

भोल्भोको डबल ड्रम कमप्याक्टर नेपाली बजारमा

भोल्भोको डबल ड्रम कमप्याक्टर नेपाली बजारमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एक्सप्लोर अर्थमूभर्स प्रालिले ९ टन श्रेणीको भोल्भो डबल ड्रम कमप्याक्टर नेपाली बजारमा ल्याएको छ । कम्पनी नेपालका लागि भोल्भो कन्स्ट्रक्सन इक्वीप्मेन्टको आधिकारीक बितरक हो ।

भारतमा निर्मित यो मेसिन सडक निर्माण कार्यमा उपयुक्त भएको कम्पनीले जानकारी दिएको छ ।

डीडी ९०बीमा ७६एचपी क्षमताको किर्लोसकर इन्जीन जडान भएको छ । जुन यस इन्जीनको वर्गमा किफायति र सर्वसुलभ मर्मतको लागी चर्चित छ ।

यस मेसिनमा दोहोरो फ्रीक्वेन्सी र दोहोरो एम्प्लीटयुडस प्रयोग भएको छ । जसले कार्य सम्पादनमा छिटो र गुण्स्तरीय निर्माण गर्ने कम्पनीको दाबी छ ।
डीडी ९० बीमा प्रत्येक ड्रममा एउटा पानीको पम्प , जसमा ३ चरणको फील्ट्रेसन नोजललगायत सुविधा छन् ।

भोल्भो सीइको दक्षिण कोरियामा स्टेट अफ आर्ट उत्पादन सुविधा रहेको छ ।

कम्पनीले ग्राहकका लागी परिचयात्मक विशेषता स्वरुप बिस्तारित वारेन्टी उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्