Logo

कतार एयरवेजले पेरिस र न्युयोर्क सिटी इ प्रिक्सकोे शिर्ष प्रायोजन गर्ने

कतार एयरवेजले पेरिस र न्युयोर्क सिटी इ प्रिक्सकोे शिर्ष प्रायोजन गर्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कतार एयरवेजले पहिलो पटक न्यु योर्क सिटी इ – प्रिक्सको शिर्ष प्रायोजन गर्न लागेको छ ।

कतारले यसबर्षकोे ‘एबिबि एफआइए फर्मूला इ च्याम्पियनसिप’ अन्तर्गतको इलेक्ट्रिक स्ट्रिट रेसिङ श्रृङखलाको प्रायोेजन गर्ने भएको हो ।

कम्पनीले कतारको दोहामा एक पत्रकार सम्मेलन गर्दै यस बर्षको जुलाइ १४ र १५ मा हुने न्यु योर्क सिटी इ(प्रिक्सको शीर्ष प्रायोजन गर्ने घोषणा गरेको हो ।

साथै कम्पनीले बढ्दो पार्टनरसीपको मतलव रोम र वर्लिनमा हुने इ(प्रिक्सकोे अफिसियल एयरलाइनको पनि पार्टनर हुन मद्दत पुुग्ने जानकारी दिएको छ ।

कतार एयरवेजका प्रमुख कार्यकारी अकबर अल बेकरले यस्ता किसिमका खेलहरु प्रायोजन गर्न पाएकोमा खुशी लागेको बताए । उनले यस्ता किसीमका खेलले खेलाडीहरुको जीवनमा अतुलनिय फाइदा पुग्ने जानकारी दिए ।

एयरवेजका संस्थापक तथा प्रमुख अधिकारी अलेजान्द आगगले कतार एयरवेजले आफ्नो साझेदारी बढाउन पेरिस ई प्रिक्सको प्रायोजन गरेकोमा खुसि व्यक्त गरे ।

कतार एयरवेजले मानीसलाइ एकसाथ ल्याउन खेलमा विश्वास गर्ने जानकारी कम्पनीले दिएको छ ।

यसका साथै कम्पनी ठुला खेलहरु जस्तै फिफा विश्वकप२०१८,फिफा क्लव विश्वकप, फिफा महिला विश्वकप आदिको प्रायोजक बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL