Logo

सेयर लगानीकर्ताको ‘केवाईसी’मा धितोपत्र बोर्डको कडाई, यस्तो छ नयाँ व्यवस्था

सेयर लगानीकर्ताको ‘केवाईसी’मा धितोपत्र बोर्डको कडाई, यस्तो छ नयाँ व्यवस्था


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धितोपत्र बोर्डले सेरयमा लगानी गर्ने ग्राहकको विवरण (केवाईसी) मा परिमार्जन गर्दै कडाई गरेको छ । धितोपत्रको कारोवार प्रक्रियालाई थप व्यवस्थित तथा पारदर्शी वनाउन र धितोपत्र सम्वन्धी ऐन नियम तथा सम्पत्ती शुद्धिकरण सम्वन्धी प्रचलित कानुनहरुको व्यवस्थाहरुलाई अझ प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन ग्राहक विवरणलाई परिमार्जित गरिएको बोर्डले जानकारी दिएको छ ।

परिमार्जित नयाँ व्यवस्था अनुसार अबका दिनमा धितोपत्र दलाल व्यवसायीहरुले ग्राहकको परिवारका सदस्यहरुको विवरण, पेशागत विवरण, ग्राहकको वसोवास गर्ने स्थानको नक्शा समेत भर्नुपर्ने छ । यस्तै इन्भेष्टमेन्ट कम्पनीमा संग्लन भए नभएको विवरण धितोपत्र खरिदका लागि प्रयोग गर्ने रकम सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रचलित कानुन विपरित आर्जन नगरेको उद्घोष गर्नुपर्ने हुन्छ ।

कम्पनी र संस्थाको हकमा दर्ता सम्वन्धी विस्तृत विवरण तथा कम्पनी र संस्थाको पहिलो तथा दोस्रो सम्पर्क व्यक्तिको तिन पुस्ते विवरण जस्ता थप विवरणहरु समावेश गरिएको छ । लगानीकर्ताको हित संरक्षण, स्वच्छ तथा पारदर्शी वजारको विकास तथा धितोपत्र कारोवारमा निहित जोखिम समेत न्युनिकरण परिमार्जित केवाईसी कार्यान्वयनमा ल्याउन समेत बोर्डले निर्देशन दिएको छ । यस अघि धितोपत्र दलालहरुले ग्राहकले सिमित विवरण मात्र उल्लेख गरे पुग्थ्यो ।

धितोपत्र दलाल व्यवसायीहरुले ग्राहकको विस्तृत विवरण नराखेको भन्दै बोर्ड केही व्यवसायीलाई कारबाही समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL