Logo

रेनोको एक्स्चेञ्ज मेला शुरु, तीन मोडलका गाडी सटही सुविधा

रेनोको एक्स्चेञ्ज मेला शुरु, तीन मोडलका गाडी सटही सुविधा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । रेनोले आजदेखि देशभर रेनो एक्सपेरियन्स मेला शुरु गरेको छ । रेनो गाडीको नेपालमा लागि आधिकार बितरक एडभान्स अटोमोबाईलले माघ ७ गतेदेखि उक्त मेला शुरु गरेको छ ।

कम्पनीले ‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’ भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरेको जानकारी दिएको छ । उक्त कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।
रेनोको क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । मेलामा ग्राहकलाई १ लाख रुपैयाँ बराबरको एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागी फ्री सर्भिसिङ्ग, एक बर्षको लागि बीमा, निःशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्स, तुरुन्त मुल्यांकन र एक्सचेन्ज, आकर्षक नगद छुट (क्यास डिस्काउन्ट) लगायत सेवा उपलब्ध गराएको छ ।

रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL