काठमाडौं । आइएमई फाउन्डेशनले शितलहर प्रभावितहरुलाई ब्ल्याङ्केट वितरण गरेको छ । विगत केहिदिनदेखि तराईंका विभिन्न स्थानमा चलेको शितलहरबाट प्रभावित घरपरिवारका सदस्यहरुलाई तत्काल राहत होस् भन्ने उद्देश्यका साथ ब्ल्यांकेट वितरण गरेको संस्थाले जानकारी दिएको छ ।
आइएमई फाउन्डेसनबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यवसायीक साझेदारहरुले सिरहास्थित गोलबजार नगरपालिका ३, जम्दह र कल्याणपुर नगरपालिका ७, भेडियाका साथै सप्तरीस्थित राजविराज नगरपालिका– ९, मलेठ र खड्क नगरपालिका ३, बानरझुलामा रहेका आर्थिक रुपमा विपन्न १ सय घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरिएको हो ।
आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शितलहरले प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो ।