काठमाडौं । आइतबार नेप्से परिसुचक ३ दशमलब ८५ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय २ दशमलब ६७ अंकमा झरेर बन्द भएको हो ।
आइतबार कारोबारमा आएकामध्ये बीमा समुहको परिसुचक सबैभन्दा बढी ७५ दशमलब ९९ अंकले घटेको छ । त्यस्तै माइक्रोफाइनान्स १२ दशमलब १७, जलविद्युत ७,विकास बैंक ५ र बैंकिङ समुहको परिसुचक २ दशमलब ५७ अंकले घटेको छ । यता उत्पादन,होटल,फाइनान्स, ट्रेडिङ र अन्य समुहको परिसुचक भने क्रमशः ३० दशमलब ९७,२५ दशमलब ३३, २ दशमलब २३, २ र १ दशमलब ७६ अंकले उकालो लागेको छ ।
आइतबार ग्लोवल आइएमई बैंकको ९ करोड ३४ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ ।
त्यस्तै सानिमा माई हाइड्रोपावरको ५ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आइतबार १६५ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १६ लाख ७६ हजार रुपैयाँ बराबरको सेयरबाट ५० करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।