Logo

पञ्चकन्या माई हाइड्रोको सेयर निष्काशन

पञ्चकन्या माई हाइड्रोको सेयर निष्काशन


बिजखबर संवाददाता
0
Shares

इलाम । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले सेयर निष्काशन गरेको छ । कम्पनीले आजबाट स्थानीयवासीका लागि सेयर निष्काशन गरेको हो ।

सन्दकपुर गाउँपालिकास्थित १२ मेगावाटको माथिल्लो माई र ६ दशमलव १ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर निष्कासन गरेको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिए ।

सो सेयर खरिदका लागि सनराइज बैंक र प्रभु बैंकको इलाम शाखा, सन्दकपुर गाउँपालिका तथा आयोजनाको माबुस्थित कम्पनीको कार्यालयमा आवेदन दिनसक्ने छन् । खरिदकर्ताले न्यूनतम २० देखि अधिकतम ५ हजार ५ कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने निर्देशक प्रधानले बताए ।

आयोजना प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिका र ट्रान्समिसन लाइन जडान गरिने इलाम नगरपालिकाका बासिन्दाकाका लागि सेयर निष्कासन गरेको हो । कम्पनीले स्थानीयवासीका लागि ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता सेयर निष्कासन गरेको छ ।

प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिकाका बासिन्दाले ६ लाख ६० हजार कित्ता तथा इलाम नगरपालिकाका बासिन्दाले चार लाख ४० हजार कित्ता सेयर पाउने कम्पनीले जानकारी दिएको छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL